सुनाकोठी-चापागाउँ सडक खण्ड बन्द


ललितपुर – ललितपुरको सुनाकोठीका स्थानीयवासीले सुनाकोठी–चापागाउँ सडक अनिश्चितकालका लागि बन्द गरेका छन् । ठेकेदारले समयमा काम नगर्दा धुलोले हैरान बनाएको भन्दै स्थानीयवासीले सडक नै बन्द गरेर विरोध गरेका छन् ।

समयमै सडक बनाउन दबाब दिँदै उनीहरूले आज मङ्गलवार बिहान एक घण्टा धिमे बाजा बजाएर विेरोध गरे । डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले लामो समयसम्म नबनाएको सुनाकोठीका बासिन्दाको गुनासो छ ।

एक वर्ष अगाडि यो सडक कालाेपत्र (पिच) भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि यो सडक खण्डमा स्थानीयवासीले निरन्तर आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया