१५ प्रतिशतसम्म बढ्यो गाडी भाडा, कहाँ कति ? (सूचीसहित)

काठमाडाैं – सरकारले सार्वजनिक सवारीकाे भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक सवारीसाधनको भाडा १० प्रतिशतसम्म बढाइएको जनाएको छ ।

यस्तै मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म बढेको छ । पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्याेअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *