कोरोना भाइरस : देशभर थप १४ जनामा संक्रमण पुष्टि


काठमाडाैं – नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ३ हजार ३० पिसिआर परिक्षणका क्रममा १४ जनामा कोरोना पुष्टि भएको हो।

८ सय ७३ एन्टीजेन परिक्षणमा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार पनि कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन।

त्यस्तै थप ५५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २ सय ५९ निको भएका छन्। हाल नेपालमा ४ सय ३८ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया