राजदूत चयन: १० दिनभित्र उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिकाे निर्णय
काठमाडाैं – सरकारले सिफारिस गरेका २० देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
आज शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका २० देशका राजदूतमाथि उजुरी आह्वान गरेको हो ।
१० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएका २० जना राजदूतमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिले जनाएकाे छ । गएकाे चैत २४ गते बिहीवारकाे मन्त्रिपरिषद् बैठकले राजदूतका लागि सिफारिस गरिएको थियो ।