६ जना मृत अवस्थामा फेला


काठमाडौं – देशका विभिन्न स्थानमा गरी ६ जना मृत अवस्थामा फेला परेका छन् । झापाको भद्रपुर नगरपालिका ७ बस्ने ५५ वर्षीय संजय उराउ हल्दीवारी गाउँपालिका ३ देउनिया खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । खोलामा माछा मार्न गएका उनी डुबेको अवस्थामा शव फेला परेको हो ।

यस्तै हुम्ला, सिमकोट गाउँपालिका ४ बुराँसेस्थित बरगाउँ जाने सडकमा सर्केगाड गाउँपालिका ८ बस्ने २८ वर्षीय कोलाल सिंह सुनार मंगलबार मृत अवस्थामा फेला परेका छन् । दैलेख, आठविस नगरपालिका ३ सुडाकाँधस्थित भिरमा नाम, ठेगाना नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी दैलेख, नारायण नगरपालिका ४ सोत बस्ने ४७ वर्षीय वीर बहादुर कटुवाल सोही नगरपालिका १० खत्रीडाँडामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रसुवाको किस्पाङ गाउँपालिका ५ कार्कीगाउँ बस्ने २० वर्षीय सुजन सुनार उत्तरगया गाउँपालिका ३ बृसिङ ढुङगामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गत विहीबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यता, कास्कीको पोखरा महानगरपालिका २२ चिसापानीस्थित फेवातालको किनारमा हाल नाम, ठेगाना नखुलेकी करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्

प्रतिक्रिया