इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनीप्रति क्यानकाे ध्यानाकर्षण


काठमाडाैं – कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासङ्घले देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्था आउन लागेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका महासचिव नारायण थापाले आज आइतवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा प्रदायकले विदेशबाट ब्यान्डविथ खरिद गरेबापतको डलर भुक्तानीका लागि सरकारले सिफारिस नगरेको र महालेखाको बेरुजुलाई आधार बनाएर विभिन्न निकायबीच भइरहेको विवादका कारण इन्टरनेट सेवा बन्द हुने अवस्था आउनु दुःखद भएको बताएका छन् ।

क्यान महासङ्घले इन्टरनेट जस्तो अत्यावश्यक सेवा बन्द हुनुअघि नै सम्बन्धित निकायले समस्याको समाधान गर्न पनि आग्रह गरेको छ । इन्टरनेट ब्यान्डविथ खरिदबापतको रकम विदेश पठाउन सरकारले सहयोग नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले हिजो शनिवार विज्ञप्ति निकालेर चुनावका बेला देशभरको इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया