विश्वराज पोखरेलद्वारा सर्वोच्चमा रिट दर्ता, बुधबारका लागि तोकियाे पेशी


काठमाडौं – नेपाल प्रहरीको आइजीपी बढुवाप्रति असन्तुष्ट जनाउँदै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिट दर्ता भएको छ। वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई आइजिपी बनाइएको भन्दै सोमबार पोखरेलले वारेसमार्फत रिट दायर गरेका थिए।

उनको रिट दर्ता भएको सर्वोच्चले जनाएको छ । रिटको पेशी बुधबारका लागि तोकिएको छ। पोखरेलको रिट लिएर वारेस सुनीता राउत पुगेकी थिइन्। आइजीपी नियुक्ति विरुद्ध असन्तुष्ट रहेको भनिएका अर्का एआईजी सहकुल थापा भने अहिलेसम्म अदालत पुगेका छैनन्।

उनी कानूनी परामर्शमै रहेको बताइएको छ। पोखरेल भने आफू वरिष्ठ रहेको दाबी गर्दै आफैँलाई आईजीपी बनाउनुपर्ने मागसहित सर्वोच्च पुगेका हुन्।

सिंहकै ब्याची भएपनि आफू पहिले एआईजी भएकाले आईजीपी हुनुपर्ने उनको माग छ। आईजीपी सिंहले सोमबार दर्ज्यानी चिह्न लगाइसकेका छन्।

प्रतिक्रिया