चुनावकाे २ दिनअघि नै सबै नाका बन्द गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौं – वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ।

यसका लागि आयोगले नेपाल सरकारलाई पत्र पठाएको हो। आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई आग्रह गरेकाे छ ।

यस्तै मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न सरकारलाई लेखि पठाउने निर्णय गरको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *