स्थानीय तह निर्वाचन : मतपत्र छपाइकाे काम अन्तिम चरणमा

७२ जिल्लाका लागि छपाइ सम्पन्न


काठमाडाैं – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भइरहेकाे मतपत्र छपाइकाे काम अन्तिम चरणमा पुगेकाे छ।

हालसम्म ७२ जिल्लाका १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ भइसकेको र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ ।

आयोगले जगेडासहित यो वर्ष एक करोड ९४ लाख थान मतपत्र छाप्दैछ ।

यस्तै, आजसम्म प्रविष्ट भएको तथ्याङ्कअनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको पनि आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिए।

प्रतिक्रिया