जुवा मुद्दामा फरार रहेका चौधरी पाँच वर्षपछि प्रहरी नियन्त्रणमा


जनकपुरधाम – धनुषा प्रहरीले जुवा मुद्दामा जिल्ला अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ बर्षीय कैलाश चौधरी छन् । चौधरीलाई धनुषा जिल्ला अदालतले २०७४ साल साउन ५ गते जुवा मुद्दामा रु ५० हजार रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार भएका चौधरीलाई जनकपुरधाम १ रेल्वे स्टेशन क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

आईतबार पक्राउ परेका चौधरीलाई सोमबार धनुषा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया