थप १६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ११० पुग्याे


काठमाडाैं – देशभर थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ११० रहेको छ । विगत २४ घण्टामा नौजना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार १२८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३७ जिल्ला पुगेका छन् । ४० जिल्लमा भने संक्रमित छन् । नेपालमा सङ्क्रमण दर १७.१ प्रतिशत छ ।

नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन् ।

प्रतिक्रिया