सातै प्रदेशमा एकीकृत समाजवादीले नेता खटाउने


काठमाडाैं – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनका लागि गम्भिर ढंगले समीक्षा गर्न सही सूचनाको आवश्यक्ता रहेको निष्कर्ष निकाल्दै त्यसको संकलनका लागि सबै प्रदेशमा १/१ जना सचिवालयका सदस्यहरूलाई खटाउने निर्णय गरेको हो।

५ दिनभित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

बैठकमा गठबन्धनभित्र पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भिर ढंगले छलफल गरिएको उनले बताए । बैठकमा नेताहरूले गठबन्धनमा आवद्ध अन्य दलहरूले आफ्नो पार्टीलाई निर्वाचनका बेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रतिक्रिया