नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ३ जना पक्राउ
काठमाडौं – नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएका ३७ वर्षीय बिकाश अमगाईं, भिमसेनथापा गाउँपालिका घर भएका ४० वर्षीय मोहन पुडासैनी र काभ्रेको पनौती नगरपालिका घर भएका ३७ वर्षीय राज कुमार हुमागाईं छन् ।
आरोपीहरुले आफ्नै शैक्षिक प्रमाणपत्र किर्ते गरेर पेश गर्ने गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । आरोपीहरुलाई लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।