बुद्ध एअरको धनगढी-काठमाडाैं पहिलो उडान


डोटी – निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले आज मङ्गलवारदेखि सुदूरपश्चिम प्रदेशलाई ‘बेस’ बनाएर पहिलो उडान सुरु गरेको छ ।

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले केही दिनअघि विमान सञ्चालक कम्पनीहरूले आफ्नो बेस लिएका ठाउँबाट पहिलो उडान भर्नुपर्ने निर्णय लागू गरेका थिए ।

त्यहीअनुसार बुद्ध एअरले धनगढीकाे गेटा विमानस्थलबाट आज बिहान काठमाडाैंका लागि पहिलो उडान भरेको हो ।

आफ्ना सबै उडान काठमाडाैंबाट सञ्चालन गर्दै आएको बुद्धले आजदेखि धनगढी-काठमाडाैं पहिलो उडान सुरु गरेको गेटा विमानस्थलमा रहेको नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

उनका अनुसार बुद्ध एअरले आज बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट उडान भर्ने तालिका तियो तर मौसमको खराबीका कारण ८ बजेर ९ मिनेटमा काठमाडाैंका लागि उडेको थियो ।

बुद्धले गेटाबाट उडान भर्न सुरु गरेपछि यहाँका यात्रुलाई निकै सहज भएको छ । बुद्ध एअरको जहाजले अब हरेक दिन बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट काठमाडाैंका लागि उडान भर्ने भएको छ ।

प्रतिक्रिया