दुई जिल्लाका सीडीओ हेरफेर


काठमाडौं – गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

मन्त्रालयले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । उनको ठाउँमा गृहका राजेन्द्रदेव पाण्डेलाई खटाइएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई भने अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया