काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा संक्रमण

काठमाडौं – काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा संक्रमण पुष्टि छ।
योसँगै हालसम्म काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
जसमध्ये १२ पुरुष र पाँच महिला रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । त्यसमध्ये ५ जनाको भने उपचार भइरहेको छ ।
गत असार ५ गते काठमाडौंमा पहिलोपटक हैजा पुष्टि भएको थियो ।