प्रहरीले आलुको बोरामा लुकाएकाे अवैध ८३ लाख रुपैयाँ बरामद
धनुषा – सशस्त्र प्रहरीले धनुषाबाट स्रोत नखुलेको अवैध ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको अवस्थामा उक्त रकम बरामद गरेको हो ।
आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
मंगलबार ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।