मुगुमा ‘दोस्रो रारा म्याराथन’ प्रतियोगिता हुँदै

मुगु – कर्णाली प्रदेशकै मुख्य पर्यटकीय क्षेत्र रारा तालमा ‘दोस्रो रारा म्याराथन’ प्रतियोगिता हुने भएको छ । मुगुको श्रीबक्स गुल्म हुटु ब्यारेकले यही असार २२ गते (भोलि) मुगुको रारा ताल किनारमा ‘दोस्रो रारा म्याराथन’ सञ्चालन गर्न लागेको हो।

श्रीबक्स गुल्म हुटु ब्यारेकका गुल्मपति सेनानी झलक लामाका अनुसार चाँदीको कचौरा जस्तो ‘रारा ताल’को प्रचार–प्रचार गर्न, दौड प्रतियोगितामार्फत् राष्ट्रिय र जिल्ला स्तरका खेलाडी उत्पादन गर्नुका साथै रारा तालको संरक्षणमा सचेतना तथा एकता बढाउनका लागि १५ किलोमिटरको ‘दोस्रो रारा म्याराथन’को आयोजना गरिएको हो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने (महिला र पुरुष)लाई मेडल, प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिने भएको छ । त्यस्तै प्रतियोगितामा सहभागी सबैलाई प्रमाण-पत्र दिनुका साथै ५ लाखसम्मको उपचार बीमा गरिने भएको छ ।

नेपाली सेनाले मुलुकको सीमा, विपदमा परेका नागरिकको उद्दार गर्नुका साथै पर्यटकीय क्षेत्रहरुको विभिन्न माध्यमबाट प्रचार-प्रचार गरी स्थानीयहरुको आय-आर्जनमा टेवा पुग्ने कामसमेत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *