सगरमाथा जलविद्युत्को शेयर प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

काठमाडौं – नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ।

शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा भूषण गुरागाईँले हस्ताक्षर गरेका हुन्।

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अङ्कित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *