राष्ट्र बैंक अगाडि विद्यार्थी संगठनद्वारा प्रदर्शन


काठमाडौं – सत्तानिकट संयुक्त विद्यार्थी संगठनहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा कालो व्यानर टाँसेका छन् । राजनीतिक दलको सदस्य भएका व्यक्ति राज्यको महत्वपूर्ण पदमा बस्न नहुने भन्दै उनीहरुले विरोध गरेका हुन् ।

उनीहरुले गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राखेका बताएका छन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अधिकारी राष्ट्र बैंकमा रहेसम्म मुलुकको आर्थिक सूचकांक बिग्रने दावी गरे ।

उनले अहिलेको सरकारलाई असफल बनाउने नेतृत्व अधिकारीले गरेको भन्दै राजीनामा दिन सुझाव दिए । उनले गभर्नरले राजीनामा नदिए संयुक्त विद्यार्थीको आन्दोलनबाट हटाउने चेतावनी दिए।

प्रतिक्रिया