फोहोर छुट्टाएर एक हप्ता घरभित्रै राख्न महानगरको आग्रह


काठमाडौं – काठमाडौं महानगरपालिकाले एक हप्ताको लागि फोहोर घर भित्रै राख्न आग्रह गरेको छ ।

महानगरले बिहीबार अपिल गर्दै एक हप्तासम्म कुहिने र नकुहिने फोहोरलाई सडक, चोक तथा सार्वजनिक स्थलमा नफालि घरभित्रै छुट्टाछुट्टै राख्न आग्रह गरेको हो ।

बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सडक निमार्ण गर्नको लागि सवारी साधनको आवतजावत बन्द गर्नुपर्ने भएकाले एक हप्ता फोहोर उठाउन नसकिने महानगरले जनाएको छ ।

प्रतिक्रिया