नवौं राष्ट्रिय खेलकुद : स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने


काठमाडाैं – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत रुपमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै, टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले जनही १४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्वर्ण पदक विजेताले मात्रै नगद पाउने र रजत तथा कास्य पदक विजेता खेलाडीले मेडल र प्रमाणपत्र मात्रै प्राप्त गर्ने राखेपले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुँदैछ । प्रतियोगितामा ३६ खेलमा झण्डै ७ हजार खेलाडीले सहभागिता जनाउने सम्भावना छ ।

प्रतिक्रिया