विश्व लेजेन्ड्स लिग खेल्दै पारस


काठमाडौं – नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले विश्व लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । आयोजक लेजेन्ड्स लिग क्रिकेटले आइतबार पारसले लिग खेल्ने जानकारी दिएको हो ।

विश्वभरका चर्चित पूर्व खेलाडीहरुले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको दोस्रो संस्करण भारतमा सेप्टेम्बरदेखि अक्टोबरसम्म आयोजना हुनेछ । चार टोलीले खेल्ने यस प्रतियोगितामा एक सय १० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा १५ खेल हुनेछन् ।

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन उल्लेख्य भूमिका निभाएका पारसले तीन बर्षअघि कप्तान पदबाट राजीनामा दिएका थिए । उनले एक बर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया