थप ७ सय १० कोरोना संक्रमित, २ जनाको मृत्यु


काठमाडौं – देशभर थप ७ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

पछिल्लाे २४ घण्टामा ५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट ५ सय २४ र एन्टिजेन विधिबाट १ सय ८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

यस्तै, नयाँ संक्रमित ७१० थपिएसँगै अहिले देशभरि सक्रिय संक्रमितको संख्या चार हजार २ सय ३६ पुगेको छ । यस्तै २१५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया