देशभर थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । सो समयावधिमा २३० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमित थपिएका हुन् ।

सो समयावधिमा ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १६५२०६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २५०५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया