नेपाल सुपर लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी खेल्ने


काठमाडाैं – फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने लिगको उद्घाटन खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बैशाख ११ गते हुनेछ । काठमाडौँ र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । दोस्रो दिनबाट भने हरेक दिन दुई खेल हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । बैशाख २५ सम्म सञ्चालन हुने लिगमा कुल १९ खेल हुनेछ । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । लिगमा सहभागी टिमले अक्सनबाट खेलाडी छनोट गरिसकेको छ ।

खेल तालिका

प्रतिक्रिया