उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा


काठमाडौं – अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा अहिले २६.२ मिलीमिटर पानी परेको हाे ।

काठमाडौं उपत्यकामा परिरहेको पानी अबको केही बेर रोकिएर राती फेरि पर्ने महाशाखाको भनाइ छ । यस्तै, राती प्रदेश १ लगायत देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली नै रहने महाशाखाले जनाएकाे छ ।

मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्ययम बर्षको सम्भावना रहेका विभागले जनाएको छ ।

प्रतिक्रिया