बेलायतस्थित गैरआवासीय नेपाली संघ कार्यालयको बिजुली काटियाे


लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायत कार्यालयको बिजुली काटिएको छ।

एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले दिएको जानकारी अनुसार बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो ।

बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ । गैरआवासिय संघ (लण्डन) ले झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी रहेको खरेलले बताए । जुन नेपाली रुपैयाँमा ३ हजार ८ सय ७५ हुन्छ ।

प्रतिक्रिया