राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भएको ‘नेपाल इन्जिनियरिङ परिषद ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक’ र जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको हो ।
उक्त विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।