मोटरसाइकल चोरी र एटीएम फोडेका एक जना पक्राउ

काठमाडाैं – एटीएम मेसिनबाट पैसा चोरी गर्ने एक जना पक्राउ परेका छन् ।
गत असार ३ गते बिहान पौने २ बजे कास्कीको पोखरा महानरपालिका-३० अर्घौ चोकमा रहेको एनएमबी बैकको एटीएम बुथ फोडेर पैसा चोरी गर्ने पूर्वी नवलपरासी देवचुली नरपालिका-५ का २१ वर्षीय अनिस तामाङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर आइतवार सार्वजनिक गरेको छ ।
प्रहरीले उनलाई भारत भागेर जाँदै गरेको अवस्थामा रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले ग १० प २९६३ नम्बरको मोटरसाइकल र उनले प्रयोग गरेको हेलमेटको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरी अनुसार उनले मोटरसाइकल चोरेर एमटीएम चोरी गरेका थिए ।