केन्याविरुद्ध नेपाल विजयी

काठमाडौं – केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ। केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो।

टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ‌ओभरको खेलमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। केन्याका लागि राकेप पटेलले अविजित ७३ र इरफान खानले अविजित ५५ रन बनाएका थिए।

१५७ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै विजय सुनिश्चित गरेको हो। खेलको अन्त्यतिर क्रिज आएका आरिफ शेखले चौका प्रहार गर्दै नेपाललाई विजयी गराएको हो।

नेपालका लागि पूर्व कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ले सर्वाधिक ४६ रन बनाए। त्यस्तै अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सराफले २० रन र मोहम्मद आदिल आलमले १६ रन बनाएको थियो।

यसअघि पहिलो खेलमा ५ विकेटले विजयी भएको नेपाल दोस्रो खेलमा केन्यासँग १८ रनले पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *