दोहोरो अंकले घट्याे नेप्से, परिसूचक १९ सय ७३.३८ बिन्दुमा


काठमाडौं – मङ्गलबार सामान्य अङ्कले वृद्धि भएको नेप्से परिसुचक बुधबार उच्च अङ्कले घटेको छ । आज नेप्से सूचक २१.९७ अङ्कले घटेर १९७३.३८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अङ्कले घटेको छ ।

कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर एक अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपियाा बराबरको कारोबार भएको छ ।

मङ्गलबारको भन्दा बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मङ्गलबार एक अर्ब एक करोड ९५ लाख १६ हजार ६९६ रुपियाँ बराबरको कारोबार भएको थियो । आज नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । जसमा हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचकमा बढी घटेको देखिन्छ ।

नेप्से घटे पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । उन्नति सहकार्य लघुवित्तको १.६१ प्रतिशत, गणपति लघुवित्तको १.४० प्रतिशत, दोर्दी हाइड्रोपावरको १.२५ प्रतिशत र मैलुङ खोला जलविद्युतको १.१८ प्रतिशतले बढेको छ।

तर यता हिमालयन पावर पार्टनरको शेयर मूल्य सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ भने अपर सोलु हाइड्रोपावरको ५.२२ प्रतिशत र खानी खोला हाइड्रोपावरको ५.०७ प्रतिशतले घटेको छ । साथै नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ७४ लाख रुपियाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया