नबिल बैंकका कार्डबाहकले दराजबाट किनमेल गर्दा छुट पाउने


काठमाडौं – भदौ २९ गते दराजबाट किनमेल गर्दा नबिल बैंकका कार्डबाहकले छुट पाउने भएका छन् ।

दसैँलाई लक्षित गर्दै दुई कम्पनीबीच छुट दिने सम्बन्धमा एक सम्झौता भएको छ । ‘दराज दसैँ धमाका’का लागि साे सम्झाैतामा बैंकका तर्फबाट रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरे ।

दराज दसैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट पाइने छ ।

क्रेडिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्म सम्मको छुट पाइने छ । उक्त छुट प्राप्त गर्नको लागि बैंकका ग्राहकले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

प्रतिक्रिया