एकैदिन नबिल बैंकका ८ नयाँ शाखा उद्घाटन

काठमाडौं – नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा विस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङ्गा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।

उपत्यकाभित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितीका अध्यक्ष उपेन्द्र पौड्याल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखा, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौड्यालले उद्घाटन गरे।

यसैगरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रुपमा मंगलबजार शाखा, कागेश्वरी मनोहरा–६ का वडा अध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रुपमा मुलपानी शाखा तथा काठमाडौं महानगरपालिका वडा १५ डल्लुका वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दीक्षितले संयुक्तरुपमा भगवान पाउ शाखा उद्घाटन गरेका थिए ।

उपत्यका बाहिरका शाखाहरुमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको उपस्थितिमा तीन शाखाहरु मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्र कुमार पोखरेलले सुरुङ्गा शाखाको र शनिबार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए । त्यसका साथै राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्णदत्त भट्टराईले संयुक्तरुपमा भण्डारा शाखा उद्घाटन गरेका थिए ।

बैंकले आफ्नो दीर्घकालीन रणनीतिअनुरुप शाखाहरू बिस्तार भएको र नयाँ बजारहरूमा आफ्नो उपस्थिती गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । विभिन्न क्षेत्रका प्रमुख अतिथिहरुले कार्यक्रममा बोल्दै नबिल बैंकको शाखा विस्तारसँगै स्थानीयले बैंकका विभिन्न सेवा सुविधाहरु बिनाझन्झट पाउने वातावरण बनाउन अनुरोधका गरेका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ढुङ्गानाले यी शाखाहरूमार्फत विस्तारित क्षेत्रहरूमा थप मानिसहरूलाई सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी व्यक्त गरे।

बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु साथै स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरिएको हो । आइतबार उद्घाटन भएका ८ नयाँ शाखासँगै नबिलको शाखा २ सय ३३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *