राष्ट्रपति भण्डारी र चान्सुबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अध्यक्ष चान्सुबीच भेटवार्ता भएको हो ।

गत सोमबार चारदिने भ्रमणका लागि नेपाल आएका चान्सु राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका हुन् । यसअघि बुधबार बिहान उनले भक्तपुर दरवार स्क्वयारको अवलोकन गरेका थिए ।

नेपाल आएकै दिन सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका उनले मंगलबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका थिए ।

सभामुख सापकोटाको निमन्त्रणमा चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *