गोठाटार हत्या काण्डको अनुसन्धान गर्न विशेष समिति गठन


काठमाडौं – काठमाडौंको गोठाटारमा गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान गर्न विशेष समिति गठन भएको छ। घटनामा लाल मोहम्मदको गोली हानेर हत्या गरिएको थियो ।

म‌ंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा समिति गठन भएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)का अनुसार यसमा ५ जना छन्।

प्रहरीले यस घटनाको अनुसन्धान जटिल बनेपछि विशेष समिति गठन गरेको हो। काठमाडौं कै बीच सडकमा सोमबार साँझ मोहम्मदको हत्या भएको थियो। यसको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं, कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अधिकारीहरू रहनेछन् ।

काठमाडौंको गोठाटारमा सोमबार साँझ लाल मोहम्मदको गोली हानेर हत्या भयो।

प्रतिक्रिया