स्नातकोत्तर ‘थेसिस’ सोधपत्र कि बोझपत्र !
काठमाडाैं – स्नातकाेत्तर अध्ययनकाे विषयगत परीक्षा उर्तीण गरिसकेपछि डिग्री लिनकाे लागि विद्यार्थीले सोधपत्र तयार गर्नुपर्ने हुन्छ । यसका लागि १०० पूर्णांक छुट्याइएकाे विषयवस्तु समेटेर कुनै एउटा विषयवस्तुमा केन्द्रित भएर सत्य तथ्यकाे खाेजी गरी प्रतिवेदन तयार गरिन्छ ।
यसका लागि विद्यार्थीले आफ्नो अनुकुल पर्ने विषयवस्तुको छनोट गरी सोधपत्र तयार गर्दछन् । यसकाे सुरुवात कहिले देखि भएको हाे ? भन्ने खोजीतिर नलागि अनिवार्य गरिएकाे विषय सोधपत्र विद्यार्थीलाई भने किन भइरहेछ बोझपत्र ?
केही समय अघिमात्र शंकरदेव क्याम्पसबाट एमबीएस पास गरेकी खुशी ठाकुर (नाम परिवर्तन) ले आफ्नो कार्यक्षेत्र र समसामयिक विषयमा सोधपत्र तयार गर्ने गरी प्रस्तावना पास गरिन् । जव प्रस्तावना पारित भयाे सोधपत्र निरिक्षक नियुक्त गरियो । विभाग प्रमुखद्वारा अनि तपाईँको निरिक्षक तोकिएको छ गोविन्द प्रसाई (नाम परिवर्तन) लाई भेट्नुस् । तब खुशी केही दिनको प्रयास पछि फोन गरेर प्रसाई सरलाई भेट्न गइन् ।
प्रसाई सरले भने ‘सम्वन्धित् विषयको प्राध्यापकले निश्चित गर्नु भए राम्रो हुन्छ ।’ त्यसै अनुरुप उनी विभागीय प्रमुख कहाँ पुगिन् । अनुरोध गरिन्, परिवर्तन पनि भयो । फेरी उनले फोन नम्वर लिएर सोधपत्र निरिक्षकलाई फोन गरिन् र भेट्ने समय मागिन् । भेटेर विषय सुनाईन्, विस्तृत विवरण सुनाईन् अनि पुन: निरिक्षकलाई भन्छन् । हुन त म पनि यो विषयको प्राध्यापक होइन, सकेको हेराैंला नि त । अब उनले सोधपत्र अघि बढ्ने भयो ।
‘करिअर’ र ‘एजुकेशन’ सँगै लैजानु पर्ने बाध्यताले उनी ‘करिअर’लाई अघि बढाउँदै अध्ययनलाई छुटाउनु पर्यो । भर्ना गरे कै वर्ष एउटा निजी बैंकमा नाम निकालेर ‘करिअर’ सुरु गरेकी ठाकुर अहिले पनि त्यही काम गर्दैछिन् । केही बर्षपछि उनले २ वटा कहिले एउटा गर्दै परीक्षा दिने विदा मिलाएर पास गरेको हुँ । उनी बताउँछिन्, ‘अब थेसिस लेख्न थालेको एक वर्ष पुरा भइसक्यो तर प्रश्नावली मै अड्किएको छ ।’ इन्टरनेटको सुविधा छ, तयार गरेको सबै निरिक्षकलाई उपलब्ध गराएको छु । त्यसैले नियमित क्याम्पस आउन पर्दैन । तर उपयुक्त प्रतिक्रिया पाइन । प्रत्यक्ष भेटेर प्रतिक्रिया र सुझाव लिन आएको छु ।’
उनी भन्छिन् – गुगलमा हेर्नु, मैले उहाँले भने अनुसार गुगल गरिसके र मेरो क्षमताले मिलेसम्म मिलाई सकेर निरिक्षकलाई देखाए पुन: उहाँ भन्नुहुन्छ, ‘भेरिएवल पुगेन, अनि म सोध्छु, अब के राख्नु पर्छ । तब सर भन्नुहुन्छ, गुगल हेर ।’ यस्तो क्रम चलेको ५ पटक भन्दा बढी भइसक्यो ।
अब यस्तै भइरह्यो भने म थेसिस लेख्न सक्दिन होला, उनले यति भन्दै गर्दा अर्की एक जना सुस्मिता वाग्ले भन्छिन् – होइन यहाँको चलन यस्तै नै हो । मैले पहिलो लकडाउन भन्दा अगाडि सुरु गरेको बल्ल फाइनल भयो, हार मान्नु हुदैँन ।’ उनी थप्छिन्, अरु दिदी दाइहरुले भनेको सुनेको शंकरदेवम जस्तो ल्याङ्ल्याङ त काँही हुँदैन रे ।
त्यसपछि खुशीको पनि आशा पलाए जस्तो गरी भनिन् – अब चलन नै यस्तै भए त गर्नै पर्ला कि त ! विषय शिक्षक नै निरिक्षक माग गर्न पनि लफडा नै गर्नुपर्छ भनेर उहाँलाई भेटेर ‘कन्सल्ट’ गराैँ भनेको के गर्नु/गर्न हुँदैछ । मेरो अन्तिम वर्ष हो यो, थेसिस अहिले सकाउँनै पर्छ । त्यो कुरा निरिक्षकलाई पनि थाहा छ । आफूले नसक्ने भए पनि सक्दिन भन्नु पर्ने हो उहाँले नै तर खोइ किन हो । सुझाव पनि दिनू हुन्न, अघि बढाउ पनि भन्नु हुन्न, यसरी पनि कसरी हुन्छ ? आफैँसँग प्रश्न गर्छिन् ।
उनी भन्छिन् – अब त सरलाई नभनी फाइनल गरेर देखाउँ जस्तो पनि लाग्छ फेरि अन्तिममा ‘अप्रुव’ गराउँनु पर्छ । त्यसैले मलाई यो ‘टिचर’ हो कि ‘टचर’ जस्तो लाग्न थालेको छ । त्यसैले मान्छेहरु थेसिस् लेख्न गाह्रो हुन्छ भन्दा रहेछन् । यहाँ त लेख्न भन्दा पनि देखाउन गाह्रो रहेछ, उनी प्रतिप्रश्न गर्छिन् – के यो थेसिस हामी आफैँले पुरा गरेर ‘फाइनल’ मात्रै देखाउँदा हुदैँ, निरिक्षकलाई ?
उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्, यसरी भाैतारिने प्रायः स्नातकोत्तर पढेर विषयगत परिक्षा पास गर्नेहरु सबै होलान् । आफैँ थेसिस लेख्दै हुनुहुन्छ भने कतिले त यो भोगिसक्नु भयो होला । केही भाग्यमानीले सहयोगी निरिक्षक पाउनु पनि भयो होला । अन्तमा, तपाईँको शोधपत्र (थेसिस) लेखन कस्तो रह्यो ? साँच्चि कै सोधपत्र नै भयो कि बोझपत्र ! प्रतिक्रिया दिनुहोला । [ शंकरदेव क्यापसमा अध्यानरत तथा सोधपत्र लेखन गर्दै गरेकी एक छात्रा खुशी (नाम परिवर्तित) सँगको कुराकानीमा आधारित ]