यसपालीकाे दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने : पूर्वराजा शाह

काठमाडाैं – पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले यसपालीकाे दसैँमा सार्वजनिक रुपमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

लामाे समयदेखि काेराेना भाइरसले मुलुक आक्रान्त भइरहेकाे बेला यसपाली डेङ्गी संकरण पनि थपिएका कारण यस विषम परिस्थितीलाई ध्यानमा राखि पूर्वराजा शाहले सार्वजनिक रुपमा टीका नलगाइदिने तथा मन्दिर दर्शन नगर्ने भएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै शाहले यसपाली मन्दिर तथा शक्तिपिठमा भाैतिक रुपमा उपस्थित भएर दर्शन नगरेपनि निवासबाटै भक्तिभाव राखिने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *