एक सातामा थप ३०० जनामा डेङ्गु पुष्टि, संक्रमणको जोखिम कायमै


काठमाडौं – पछिल्लो एक सातामा देशभर थप तीन सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ सङ्क्रमित थपिएका हुन् ।

योसँगै देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या ४७ हजार ६८ पुगेको छ ।

कार्त्तिक महिनाको सुरुमै सङ्क्रमितको सङ्ख्या घटे पनि डेङ्गुको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया