तीव्र गतिमा सवारी चलाउने ३९ चालकलाई कारबाही


काठमाडौं – ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने ३९ जना चालकलाई कारबाही गरेको छ। ललितपुरको सानेपा र भक्तपुरमा गरिएको चेकिङमा तोकिएको गति भन्दा बढी गतिमा सवारी साधन चलाएका चालकलाई कारवाही गरिएको हो।

काठमाडौंको चुच्चेपाटी र कलंकीमा सोमबार दिउँसो गरिएको सवारी साधनको विशेष चेकिङका क्रममा ती सवारीलाई कारबाही गरेको हो।ट्राफिक प्रहरीको विशेष चेकिङमा बम्पर गार्ड ननिकाल्ने ११८ वटा सहित यान्त्रिक अवस्था ठिक नभएका ४९ र तिब्र गतिमा सवारी साधन चलाउने ३९ जना चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस, माइक्रोबस, पानी ट्याङकर, मिनी ट्रक र पिकअप भ्यान लगायतका ४९ वटा सवारी साधनका चालकलाई पनि कारबाही गरेको छ।

कार्यालयका सह-प्रवक्ता एंव प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार तालिम प्राप्त दक्ष प्राविधिकसहितको टोलीद्धारा आज दिउँसो दुई सय (२००) वटा सवारी साधन चेकजाँच गर्दा ब्रेकको अवस्था ठिक नभएका, वाइफर ठिक नभएका, लाइटहरु नभएका र टायर धेरै घिसिएका ४९ वटा सवारी साधनलाई कारवाही गरिएको हो।

साथै बम्पर गार्ड ननिकालिएका ११८ वटा सवारी साधनलाई पनि आजै ट्राफिक प्रहरीले कारवाही गरेको छ।

प्रतिक्रिया