डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं – इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन्। ३५ तोला सुनसहित पक्राउ परेका डीएसपी केसीलाई गृहमन्त्रालयले निलम्बन गरेको हो।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले गृहमन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले केसीलाई निलम्बन गर्ने निर्णय गरेको जनाएकाे छ। उनले भने,’ प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो। आज केसीलाई गृहले निलम्बन गरेको हो। उनीमाथि थप अनुसन्धान हुनेछ।’

मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई जिम्मेवारीबाट हटाइएको हो। बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेपछि डीएसपी केसी पक्राउ परेका थिए।

सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो। उनको साथबाट २५ लाख नगद र ३५ तोला सुन बरामद भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *