प्रभु क्यापिटलले ल्यायाे बिमाको सुरक्षासहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना


काठमाडौं – प्रभु क्यापिटलले ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ। हालको ९९९ डिम्याट स्किममा केही विशेषता थपी क्यापिटलले नयाँ वर्षको अवसरमा सो योजना सार्वजनिक गरेको हो।

‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौँ तथा बिमाको समेत सुरक्षा पाऔँ’ भन्ने स्लोगनसहित क्यापिटलले यो योजना सार्वजनिक गरेको होे। ग्राहकलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ।

डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष रु. १०० नवीकरण शुल्क बुझाउनुपर्छ। अन्यथा खाता फ्रिज हुने यावत् समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने हुन्छ। सोही समस्याको हल स्वरूप ल्याइएको यो योजना सबै ग्राहकमा मान्य हुने क्यापिटलले जनाएको छ।

यस योजनामा हितग्राहीले एकपटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै एक वर्षको अवधिमा एक लाखबराबरको दुर्घटना बिमा पनि पाउने बताइएको छ। यो डिम्याट खाता देश–विदेशमा रहने नेपालीले स्वयं उपस्थित रहेर वा वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन डिम्याट गरी भिडियो केवाइसीसहितको डिम्याट खाता खोल्न सकिनेछ।

प्रतिक्रिया