एजेन्डा तय गर्न २२ गतेलाई संसद्ले बोलायो सर्वदलीय बैठक

काठमाडौं – पहिलो बैठकको एजेन्डा तय गर्न संसद्ले सर्वदलीय बैठक बोलाएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पुस २२ गते १ बजेलाई सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकले अन्तरिम नियमावली, दलहरूको हैसियत अनुसार सिट व्यवस्थापन, दलका नेताहरू बोल्नेलगायतका एजेन्डा तय गर्ने उपसचिव सञ्जय गौतमले बताए। संसद्को पहिलो बैठक २५ गतेका लागि आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *