पेलेकाे अन्तिम संकार : रोनाल्डो, नेयमार, काकालगायतका खेलाडीको आलोचना

फुटबलका विश्वसम्राट् पेलेकाे उनले प्रसिद्धि प्राप्त गरेको सहरमा अन्तिम संकार गरिएको छ। नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

सांगीतिक टोलीको शोकधुनसँगै, शोकगीत र रोमन ‘क्याथोलिक’ भजन गाउँदै, बजाउँदै गरिएको शवयात्रामा हजारौँ सहभागी थिए।

सुनले बेरिएको ‘कास्केट’ आइपुग्नुअघि कब्रिस्तानमा उपस्थित अपार जनसागरले पेलेलाई मन पर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए।

पेलेको ८२ वर्षको उमेरमा गत साता मृत्यु भएको थियो। उनको शव सान्टोसमा राखिएको थियो, जहाँ उनले १५ वर्षको उमेरमा खेलजीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए।

पेलेको अन्तिम संस्कार वा शवयात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काकालगायतकाे अनुपस्थिति रहेकामा पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *