विशेष चेकिङमा ८२ वटा सवारी साधनका चालकलाई कारबाही


काठमाडौं – काठमाडौंको कीर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा ८२ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीको विशेष चेकिङमा अनावश्‍यक हर्न बजाउँने ४२, अवस्था ठीक नभएका ३० र मापदण्डभन्दा बढी धूँवा फाल्ने १० वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया