दक्षिण कोरियामा सडक दुर्घटनामा परी चार जनाको मृत्यु

सोल – बिहीबार बिहान दक्षिण कोरियाको दक्षिणपूर्वमा एउटा कार समुद्रमा खस्दा चार जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ।

यात्रुवाहक गाडी स्थानीय समयानुसार बिहान १०ः४८ मा देशको दक्षिणी टापु जिओजेबाट करिब १०० मिटर तल समुद्रमा खसेको थियो।

दुर्घटनामा परी गाडीमा सवार चारै जना मृत फेला परेका थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *