उपत्यकामा १०८ वटा सवारी चालकलाई कारबाही

काठमाडौं – काठमाडौंको चावहिलमा बिहीबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने ३२ वटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

तालिम प्राप्त प्राविधिक सहितको टोलीले गरेको चेकिङका क्रममा अवस्था ठिक नभएका ‍३२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

टोलीले चावहिल क्षेत्रमा १ सय ७ भन्दा बढी सवारी साधन चेकजाँच गरेको थियो। त्यसैगरी अनावश्‍यक रूपमा हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ७६ जना चालकलाई पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आजै ट्राफिक प्रहरीले कारवाही गरेको छ।

सवारी साधनमा प्रयोग गरिएका ६५ वटा प्रेसर हर्नको सोलीसमेत निकालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *