कैद फैसला भई आठ वर्षदेखि फरार रहेका दुई जना पक्राउ


बुटवल – लागूऔषध ब्राउनसुगर मुद्दामा कैद फैसला भएपछि आठ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ परेका छन् ।

कञ्चन गाँउपालिका २ बस्ने ३४ वर्षीय विष्णु भन्ने विष्णुदेव थारु र ३७ वर्षीय दिनेश थारुलाई आ-आफ्नो घरमा लुकिछिपी रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले पक्राउ गरी अदालतमा बुझाएको हो ।

२०७१ साउन ३० गते रुपन्देहीको सिद्धार्थनगर १ बेलहियामा भारतबाट नेपालतर्फ आउँदा ३ पुरिया ब्राउन सुगरसहित फेला परेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसबेला जिल्ला अदालत रुपन्देहीको थुनछेक बहसको आदेशले ३० हजार रुपैयाँ धरौटीमा रिहा भए पनि पछि ८ वर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया