चेकजाँचमा २७ सवारीका चालकलाई कारबाही


काठमाडौं – मापदण्डभन्दा बढी धूँवा फाल्ने २७ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्।

भाडाका १४ मिनी बस, ८ पिकअप भ्यान, तीन भाडाका माइक्रोबस र दुईवटा कार गरी २७ वटा सवारी साधनका चालकलाई कारबाहीमा गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

वातावरण विभाग र ट्राफिक कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले आज बबरमहलमा ५३ वटा सवारी साधनको चेकजाँच गरेको थियो।

प्रतिक्रिया