निजी क्षेत्रलाई पोसेको आरोपमा शिक्षा मन्त्रीको पुत्ला

काठमाडौं – अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला जलाएको छ।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो।

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू केन्द्रीय समितिले शिक्षा मन्त्री खनाल भ्रष्ट भएको आरोपसहित पुत्ला जलाएको हो।

शिक्षा मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूको आरोप छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *